༄། །བྷུ་ཀྲན་པི་པཱལྶ་པ་ཀྲི།།
भूटान पिपल्स पार्टी  

२६औं स्थापना दिवस मनाइयो

जून २, २०१६ विर्तामोड, नेपाल

भूटान पिपल्स पार्टीको २६औं स्थापना दिवस निर्वासनस्थित कार्यालय विर्तामोडमा संस्थापक अध्यक्ष स्वर्गीय आर.के.बुढाथोकीको तस्विरमा माल्यार्पण, पुष्पगुच्छा र खादा अर्पणसहित दीप प्रज्जलन गरि मनाइयो । भूटानी समाज, भूटान राष्ट्रको संरक्षण र संवद्र्धन गर्ने लक्ष्यसहितको आन्दोनमा उत्रिएका साहसी पुरुष स्व० बुढाथोकीको नाम प्रजातान्त्रिक आन्दोलनको इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ ।

सेप्टेम्बर ९, २००१ म स्वर्गीय बुढाथोकीको हत्या भएपछि भूटानी प्रजातान्त्रिक आन्दोलमा शिथिलता हुँदै आएको छ तर, वहाँले देखाएको विचारका अघि नतमस्तक हुँदै निरंंवmुश सरकारले लोकतन्त्रको घोषणा गर्न वाध्य भयो । तथापि जनताले अपेक्षा गरेअनुसारको  साँचो, कार्यात्मक,  जिवन्त समावेशी लोकतन्त्रको स्थापना भएको छैन । किनभने लोकतन्त्रको आवाज बुलन्द गर्ने हजारौं नागरिकहरु शरणार्थीको रुपमा निर्वासनमा छन् । दुई सयभन्दा बढीको संख्यामा  भूटानको विभिन्न कारागारमा बिना सुनुवाई बन्दी अवस्थामा छन् । धेरै ठूलो संख्यामा देशभित्रै रहेका नागरिकहरुलाई वयस्क मताधिकार प्रयोग गर्नबाट वञ्चित गराइएको हुँदा कथित परिवर्तन  समानता र समावेशी नभएको दर्शाउँछ । यसरी मूल मुद्दामाथि नै संवोधन हुन नसकेको  अवस्थाले निकट भविष्यमा संकट सिर्जना गर्ने निश्चितै छ ।

हरेक वर्ष आउने जून महिनाको दोस्रो दिन सबै भूटानीहरुका लागि महत्वपूर्ण  दिवस हुन गएको छ । सन् १९९० को यस महत्वपूर्ण दिनमा निर्वानमा रहेका सानो समूहले मुलुक र जनतालाई आवश्यकताको महसुस गरि राजनीतिक  दलको स्थापनासँगै  लोकतान्त्रिक आन्दोलनको सुरुवात गरेका थिए जसमा सारा भूटानी नागरिकहरुले स्वागत गर्दे सहभागी भएका थिए । 

यद्यपि, विभिन्न चरणमा धेरै पीडादायी र दुःखद् घटनाहरु भएका छन् । यस क्रममा ंस्थापक अध्यक्षले आप्mनो अमूल्य जीवन गुमाई सक्नु भएको छ । यी सबै घटनाक्रमलाई हामी सबैले नजिकबाट हेरिरहेका छौं । धेरै उतार, चडावमा सहभागी पनि भएका छौं । सबैलाई आ आप्mनै आकलन गर्न सक्ने क्षमता पनि छ ।  तथापि, भूटान पिपल्स पार्टीले निर्वासित अवस्थामा पनि सीमित साधन र स्रोतबाट धेरै ठूलो उपलव्धि हासिल गरेको छ ।  पार्टीले अन्य भूटानी समूहहरुले खेलेको भूमिकाप्रति पनि मूल्याङ्कन गर्न सक्नु पर्दछ । हाम्रो अभियान ऐले नै रोकिन आवश्यक होइन किनकी यसले सफलता हासिल गरिसकेको छैन ।

हाम्रो आन्दोलनको अभियानलाई त्यहाँनेर धक्का लाग्यो, जातीय सफाईको समस्यामा परेका मानिसहरुको मुद्दालाई,  जहाँ अन्तर्राष्ट्रीय समुदायले मानवीय समस्या भनेर औल्याइ दियो । शरणार्थी समस्या समाधानलाई रामै्र अर्थमा प्राथमिता दिए पनि कुन कारणबाट शरणार्थी बनाइएका हुन् भन्ने विषयलाई नजरअन्दाज गरियो ।  शरणार्थीहरुको पीडालाई हेरेर तेस्रो मुलुक पुनर्वाश प्रकृयालाई मात्र प्राथमिकतामा राखिदा स्वदेश फर्कन पाउने अधिकारप्रति भूटान सरकारलाई दवाव दिन पर्ने विषय छायामा रुमलियो ।

शरणार्थी समस्यामा दुई प्रमुख विषयहरु छन् । पहिलो  राजनीतिक समस्या हो जहाँ मुलुकको  कुल जनसंख्याको १८ प्रतिशत जनता  एक जातीय समुदायलाई देशविहिन बन्ने अवस्थामा पु¥याइयो भने अर्को मानवीय संकट झेल्नु पर्ने अवस्था सिर्जना गरि शरणार्थी भएर वाच्नु पर्ने अवस्थामा पु¥याइयो ।  मानवीय समस्या भनी पुनर्वास प्रकृया सुरु भए पनि भूटानको मूल समस्या राजनीतिक समस्या हुँदा भूटान पिपल्स पार्टी एक पहिलो र प्रमुख पार्टी भएकोहुँदा यस मुद्दालाई प्राथमिकतामा राखेर भावी योजनाहरु बनिनु पर्दछ । विभिन्न मुलुक पुग्न भएका पार्टीका जिम्मेवार सदस्यहरुले यस विषयलाई प्राथमितामा राखेर प्रचार प्रचार गर्नु पर्दछ

Website Visits

© 2016 bpparty.org
Designed & Developed by Mero Server International.