༄། །བྷུ་ཀྲན་པི་པཱལྶ་པ་ཀྲི།།
भूटान पिपल्स पार्टी  

संस्थापक अध्यक्ष स्वर्गीय आर.के.बुढाथोकीको १४औं पुण्यतिथि

सितम्बर ९, २०१४ विर्तामोड, नेपाल IMG_20150909_105403
भूटान पिपल्स पार्टीका संस्थापक अध्यक्ष स्वर्गीय आर.के.बुढाथोकीको १४औं पुण्यतिथि निर्वासनस्थित केन्द्रिय कार्यालय विर्तामोडमा सम्झना गर्दै वहाँको तस्विरमा माल्यार्पण, पुष्पगुच्छा र खादा अर्पणसहित दीप प्रज्जलन गरि श्रद्धाञ्जली अर्पण गरियो ।
स्वर्गीय आर.के.(राजकुमार) बुढाथोकी अद्वितीय व्यक्तित्वका धनी हुनुहन्थ्यो । वहाँ एक सामाजिक विचारधारा भएका दूरदर्शी, क्षमतावान, विचारक, रणकौशल, प्रभावशाली विश्लेषक र लोकतान्त्रिक समाजवादी चिन्तक हुनुहुन्थ्यो । वहाँको आदिम युगको जस्तो निरंकुश शासन रहेको भूटानको शासन व्यवस्थामा राजनीतिक परिवर्तन गराउने लक्ष्य थियो । संवैधानिक राजतन्त्र, बहुदलीय शासन व्यवस्थाको पक्षमा जहाँ साँचो, कार्यात्मक, जीवन्त समावेशी लोकतन्त्रको स्थापना गर्दै छिमेकी मुलुकहरुको चाहना र सुविधालाई ध्यानमा राखी विश्व समुदायसँग दीर्घकालीन सम्बन्धको स्थापना गराउँने बहाँको मूल उद्देश्य थियो । राष्ट्रको शासन व्यवस्थामा क्रमिक सुधार ल्याउन चाहने बुढाथोकीले धेरै कष्टकर जीवन व्यतित गर्नु भयो । वहाँले भूटानी जनताको चाहना पूरा गराउने लक्ष्य लिएर संघर्षकै क्रममा जीवन वलिदान दिनु भयो । वहाँमा धेरै काम गर्ने चाहना हुँदाहुदै असामाजिक तत्वले ९ सेप्टेम्बर २००१ म दिन निर्ममतापूर्वक हत्या गरे ।
वहाँले देखेको सपना पूरा नहुदाँ आज देश र जनताले धेरै प्रकारको सामाजिक, सांस्कृतिक, आर्थिक, राष्ट्रिय, अन्तराष्ट्रीय समस्याहरुको सामना झेल्न परेको छ । मुलुकमा व्यापक मानवअधिकार उलङ्घन भएको छ, राष्ट्रिय खुसियालीको नाममा सत्ता र शक्तिको व्यापक दुरुपयोग भएको छ । मुलुकको राजधानीमा बस्ने मानिसहरु हतोत्साहित छन् । यिनै प्रतिकुल परिस्थितिले गर्दा शरणार्थी र नेतृत्व वर्गबीचमा असामाञ्जस्य पैदा हुने गर्दछ । हामीले यस समस्याको समाधन खोज्नु पर्छ । हामीले परिस्थितिबस उत्पन्न समस्याहरुको आफै समाधान खोज्ने प्रयन्त गर्न सक्यौ भने निरंकुश सरकारको योजना विफल हुन्छ जहाँबाट वहाँले देखेको सपना विश्वका लागि एक नमूनाको रुपमा प्रतिविविंत हुनेछ । यद्यपि वहाँको सपना त्यतिबेला मात्र साकार हुन्छ जब सबै भूटानीहरु आर्थिक, सामाजिक र राजनीतिक समस्याको समाधान चाडै हल गर्न सक्षम हुनेछन् ।
दुर्भाग्यवस ! स्वर्गीय आर. के. बुढाथोकीको भौतिक शरीर आज हामीसित छैन । तथापि, वहाँले प्रजातन्त्रका निम्ति दिनु भएको बलिदान भूटानको लोकतान्त्रि आन्दोलको इतिहासमा सधैं जीवित रहने छ ।


 

Website Visits

© 2016 bpparty.org
Designed & Developed by Mero Server International.