༄། །བྷུ་ཀྲན་པི་པཱལྶ་པ་ཀྲི།།
भूटान पिपल्स पार्टी  

२५औं स्थापना दिवस मनाइयो ।

जून २, २०१५ विर्तामोड, नेपाल

 संस्थापक अध्यक्ष स्वर्गीय आर.के.बुढाथोकीको तस्विरमा माल्यार्पण, पुष्पगुच्छा र खादा अर्पणसहित दीप प्रज्जलन गरि भूटान पिपल्स पार्टीको २५औं स्थापना दिवस निर्वासनस्थित केन्द्रिय कार्यालय विर्तामोडमा पालना गरियो ।साहसी पुरुष स्व० बुढाथोकीको नाम प्रजातान्त्रिक आन्दोलनको इतिहासमा स्वर्ण अक्षरले लेखिने छ ।

भूटान पिपल्स पार्टी २ जून १९९० मा गतिशील नेता स्व० आर. के. बुढाथोकीको सक्षम नेतृत्वमा एक साँचो, कार्यात्मक, जीवन्त समावेशी लोकतन्त्र, संसदीय व्यवस्थाभित्रको सरकार, संवैधानिक राजतन्त्र, बहुदलीय पद्यति, कानूनी राज्य, मानवअधिकार तथा सामाजिक न्यायको स्थापना गर्ने उद्देश्यका साथ गठन गरिएको थियो ।

Website Visits

© 2016 bpparty.org
Designed & Developed by Mero Server International.