༄། །བྷུ་ཀྲན་པི་པཱལྶ་པ་ཀྲི།།
भूटान पिपल्स पार्टी  

हाम्रो माग

सन् १९९० देखि विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका राजनीतिक बन्दीहरूलाई तुरून्त रिहा गर !,

निर्वासित भूटानी नागरिकहरूलाई बिना सर्त आममाफीको घोषण गर्दै, सबैलाई न्याय र सम्मानकासाथ आ–आफ्नो गृह थालोमा फर्काउ !,

मताधिकारबाट वञ्चित सबै नागरिकहरूको नागरिकअधिकार सुनिश्चित गर !,

निर्वासनमा रहेका सबै राजनीतिक दलहरूलाई मान्यता प्रदान गर्दै लोकतान्त्रिककरण र अन्य सम्वन्धित राजनीतिक प्रक्रियाहरूमा सहभागिता हुने वातावरण सिर्जना गर !,

कथित दुई दलीय लोकतान्त्रिक व्यवस्थाको अन्त्य गर्दै दक्षिण एशियामा स्थापित राजनीतिक संस्कारमा आधारित साँचो बहुदलीय व्यवस्था लागू गर !,

साँचो, कृयात्मक लोकतन्त्र नहुँदा प्रेस स्वतन्त्रता र आधारभूत मानवअधिकारको अभावमा राष्ट्रिय विपत्तिको सामना गरिरहेको मुलुकभित्र कथित बृहद राष्ट्रिय खुसियालीको वकालत गर्ने कुकृत्य बन्द गर !,

जेनेभामा सम्पन्न पहिलो विश्वव्यापी आवधिक समीक्षा सत्रमा विभिन्न राष्ट्र, राज्यहरूबाट सिफारिस गरिएका सुझावहरू अविलम्व लागू गर !,

अन्तर्राष्ट्रीय मानवअधिकार साधन सम्बन्धका नागरिक तथा राजनीतिक अधिकारका लागि अन्तर्राष्ट्रिय सम्झौता, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका लागि अन्तर्राष्ट्रिय सम्झौता, यातना विरूद्धको समिति र महिलामाथि हुने सबै प्रकारको भेदभाव विरूद्वको अधिवेशनका उपकरणहरूमा सुधार ल्याउ !, 

मानवअधिकारको अवस्थाको प्रत्यक्ष निरिक्षण गर्नका लागि अन्तर्राष्ट्रिय मानवअधिकार समूहलाई भूटानभित्र कार्यालय स्थापना गर्ने अनुमति प्रदान गर !

निर्वासनमा रहेका राजनीतिक दलहरुसमेतको उपस्थिति हुने गरी भूटान, नेपाल र भारतबीच त्रीपक्षिय वार्ता हुने वातावरण सिर्जना गर ! 

                                                                       र

सबै प्रकारका जातिगत र धार्मिक अतिक्रमण अन्त्यका लागि एक–देश–एक–जनता भन्ने विभाजन नीति बन्द गर ! 

भूटान १९९१ अघि

भूटान १९९१ पछि

Website Visits

© 2016 bpparty.org
Designed & Developed by Mero Server International.