༄། །བྷུ་ཀྲན་པི་པཱལྶ་པ་ཀྲི།།
भूटान पिपल्स पार्टी  

हाम्रो सदस्यता

 भूटान पिपल्स पार्टीको सदस्यता दुई प्रकारको छ । 


(१) व्यक्तिगत सदस्यता
(२ं) आवद्ध सदस्यता (संगठनहरु) 


(१) व्यक्तिगत सदस्यता
व्यक्तिगत सदस्यताका लागि २० वर्ष उमेर भन्दा माथिको भूटानी नागरिक ; अन्य राजनीतिक दल या संगठनको सदस्यता नभएको व्यक्तिले आवेदन दिन सक्नेछ ।
भूटान पिपल्स पार्टीको सदस्यता लिएको व्यक्ति अन्य राजनीतिक दल या संगठनसँग लाग्छ या समर्थन दिन्छ भने उसलाई यस पार्टीको सदस्य हुन अयोग्य ठहराइने छ ।
भूटानी नागरिक अस्थाई रुपमा विदेशी मूलुकमा बसे पनि पार्टीसँगको सदस्यता कायम रहने छ अथवा उसले पार्टीको केन्द्रिय कार्यालयलाई सुचित गरेको खण्डमा पार्टी विधानको धारा ३–११, ३–१२ अनुसार प्रवासी साधारण सदस्यता प्रदान गरिने छ ।
साधारण सदस्यता लिएको व्यक्तिलाई २ वर्षसम्म पार्टी हितमा काम गरेवापद क्रियाशील सदस्यता दिईने छ ।
विशेष परिस्थिति आइपरे केन्द्रिय समितिसँगको परामर्शमा यस प्रावधानलाई सजिलोे बनाउने अधिकार पार्टी अध्यक्षलाई रहनेछ ।
साधारण या क्रियाशील दुवै प्रकारका सदस्यहरुलाई सदस्यता परिचय पत्र दिइने छ । सदस्यता शुल्क न्युल्ट्रम (रुपैया) २५ /- लाग्ने छ ।
इकाई, ब्लक, जिल्ला तथा केन्द्रिय कमिटीहरुको सदस्यताका लागि हुने निर्वाचनमा सक्रिय सदस्यहरुलाई मात्र सहभागी हुने अधिकार रहन्छ । निर्वाचित भएको खण्डमा पार्टी अधिवेशनहरुमा सहभागी हुने अधिकार रहने छ ।

(२ं) आवद्ध सदस्यता (संगठनहरु)
अन्य कुनै राजनीकि आस्थामा आवद्ध नभएको, भूमिगत आतङ्कवादी गुटसँग सहभागी नभएको या कुनै पनि अराजक गतिविधीमा आरोप नभएको, सिद्धान्त र आदर्शका निम्ति क्रियाशील संगठन या संस्थाले पार्टी विधानको धारा ३७ –३, ३७–४ र ३७–५का आधारमा पार्टीमा आवद्ध सदस्यताका लागि निवेदन दिन सक्नेछन् । यदि पार्टी अधिवेशनले निवेदक संगठन योग्य ठहराएमा आवद्ध संगठनको रुपमा स्वीकार्न सक्दछ ।

सदस्यताका लागि नियमहरु

व्यक्तिगत या क्रियाशील सदस्यहरु सबैले भूटान पिपल्स पार्टीको विधान, कार्यक्रम, उद्देश्य र नीतिप्रति निष्ठा राख्नु पर्छ । पार्टीको कुनै पनि सदस्यलाई अराजक क्रियाकलाप, आचारसंहिता विरुद्ध लाग्ने छुट हुने छैन ।
पर्टीको सदस्यता परित्याग गरेको या पार्टी या केन्द्रिय समितिद्वारा निष्काशन गरिएको भए सो व्यक्तिले पुनः सदस्यताका लागि धारा ३–१३ अनुसार निवेदन दिएमा केन्द्रिय समितिमा पुनर्विचारका लागि निर्णयार्थ पेश गरिने छ र निष्काशन गरिएको मितिले अवधि ६ वर्ष पछिमात्र स्वीकृत प्रदान गरिने छ । तथापि विशेष परिस्थिति आइपरे केन्द्रिय समितिले यस प्रावधानलाई सजिलोे बनाउने अधिकार राख्दछ । मुलुकमा लोकतन्त्र स्थापना भई स्वदेश फर्किएपछि भने यस प्रावधान स्वतः खारिज भएको मानिने छ ।

आवद्ध संगठनहरुले  :

पार्टीद्वारा निर्धारण गरिएका नीति र कार्यक्रमहरुलाई स्वीकार्नु पर्छ,
पार्टी विधान र आदेशलाई स्वीकार्नु पर्छ ,
संगठनको राजीनितक कार्यक्रम, नियम, सल्लाह, चाहना र प्रस्तावहरु पार्टीको केन्द्रिय समितिमा कम्तिमा वर्षमा एकपटक पेश गर्नु पर्छ ,
हरेक आवद्ध संगठनहरुले पार्टीको विधान अनुरुप पार्टी महाअधिवेशनद्वारा पारित गरिएका नीति तथा कार्यक्रमहरुलाई लागू गर्नु पर्छ ।

भूटान १९९१ अघि

भूटान १९९१ पछि

Website Visits

© 2016 bpparty.org
Designed & Developed by Mero Server International.