༄། །བྷུ་ཀྲན་པི་པཱལྶ་པ་ཀྲི།།
भूटान पिपल्स पार्टी  

हाम्रो सन्देश

Image title

देशभक्त भूटानी नागरिकहरु,

पुस्तौंदेखि हाम्रा पुर्खाहरुले दमनकारी तथा भेदभावपूर्ण शासन भोग्दै आए पनि भूटान राष्ट्रको विकासमा महत्वपूर्ण योगदान दिएका छन्। हामी आधारभूत स्वतन्त्रता र कानूनी व्यवस्थाका लागि अझै पनि आदिम युगमै सिमित छौं । यो राष्ट्रका नागरिकहरुको व्यक्तिगत र सामाजिक विकासका लागि धेरै घातक शिद्ध अवस्था हो । 

सुरुको समयमा निहित स्वार्थप्रेरित नायक, खलनायकहरुले एकपछि अर्कोहुँदै राजसंस्था र जनताबीच कटुतापूर्ण स्थितिको सिर्जना गरे । तर, अब हाम्रो मातृभूमीले धेरै लामो यात्रा पार गरिसकेको छ र राष्ट्रको रुपमा स्थापित हुनका लागि उल्लेखनीय भूमिका निर्वाह गरिसकेको छ। भूटान जस्तो बहुभाषिक, बहुजातीय नागरिकहरु बसोबास भएको मुलुकका लागि जनतालाई अधिकतम सुख, सुविधासहित व्यक्तिगत तथा सामाजिक अवसर दिनसक्ने शासन व्यवस्थाको आवश्यकता छ। प्रजातान्त्रिक समाजवादको माध्यमद्वारा व्यक्तित्व विकास र सामाजिक सद्भाव स्थापित गर्दै मुलुकको सर्वोपरी विकासमा सबैलाई अग्रसर गराउन सकिन्छ। सामाजिक सद्भाव बिनाको विकासले देशलाई पछिल्ला दिनहरुमा कठिन समस्या उत्पन्न गराउन सक्दछ। त्यसैले हामीे जन सहभागितामूलक, समावेशि तथा दिगो प्रजातन्त्रको स्थापना गर्न चाहन्छौं जहाँ सबै नागरिकहरुको व्यक्तिगत स्वतन्त्रता, सुअवसर र हरेकको आत्म अभिव्यक्तिसहित व्यक्तित्व विकास गर्दै उच्चतर जीवन यापन गर्ने अवसर प्राप्त होस् । 

मुलुकमा लोकतान्त्रिक अभ्यासको सुरुवातको हामी स्वागतयोग्य कदम ठान्दछौं तर, दुर्भाग्य भूटान एकाईशौं शताव्दिका लागि विश्वले उपभोग गर्दैआएको लोकतान्त्रिकीकरण अभ्यासलाई पालना गर्न असफल रह्यो । लोकतन्त्र, देशका हरेक नागरिकको सामाजिक न्याय र राजनीतिक अधिकारको सुनिश्चित गर्नका लागि स्थापना गरिएको हुन पर्दछ। जहाँ उचित राजनीतिक वातावरणको व्यवस्था मिलाउन जरुरी हुन्छ । हरेक नागरिकले बन्धनरहित, निर्भिक निष्पक्ष रुपमा आफ्नो अभिमत दिनसक्ने सुनिश्चित वातावरण हुनु पर्दछ । तर, सय हजारभन्दा बढी संख्यामा भूटानी नागरिकहरु मुलुकबाहिर, निर्वासनमा शरणार्थीका रुपमा छन् जसलाई मुलुकभित्र भएको लोकतान्त्रिक तथा राजनीतिक अभ्यासमा सहभागि हुने अवसरबाट नै विमुख गराइयो 

हामी विश्वास गर्दछौं कि एक स्वस्थ्य संविधानले केवल संवैधानिक राजतन्त्रको वैधता मात्र प्राप्त गर्दैन यसले समग्र मुलुकको स्थिरता, न्याय तथा समृद्धिको ग्यारेन्टी प्रदान गर्दछ । हामी यस राष्ट्रका सच्चा सन्तान हौं । हाम्रो पहिलो तथा महत्वपूर्ण कर्तव्य हाम्रो सावभौमिकता र राजसंस्था प्रतीकात्मककोे संरक्षण गर्नुछ । भूटानीहरु भाग्यशाली छौं हाम्रै वरिपरि हुने गरेको गल्तिको उदाहरणबाट हामीलाई मार्ग दर्शन भइरहेको छ । हामीले सोमालिया, बोस्निया र हालैका वर्षहरुमा सिरियामा भएकोे बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय मुद्दाहरुको संवोधन नहुँदा निम्तिएको संवैधानिक संकटबाट शिक्षा लिन जरुरी छ । हामी पनि छिमेकी देशहरुमा भइरहेका जनजातीय र अन्य अन्त्यहिन जतीय संघर्षमा मुछिएको संवैधानिक संकटलाई अनभिज्ञता प्रकट गर्न सक्दैनौं ।

जून २, १९९० मा स्थापना भएको भूटान पिपल्स पार्टीको, संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्र स्थापना गर्ने लक्ष्य छ। पार्टी विस्तारसहित सबै जातीय समुदायको धार्मिक, सांस्कृतिक, परम्परागत अधिकारको संरक्षण र संवर्धन गर्दै सबै जातजातिलाई समान अवसर उपलव्ध गराउने तर्फ केन्द्रित रहने छ । हामी एक धर्म निरपेक्ष भूटानी समाजको निर्माण गर्दै सबै समुदाय र धर्मावलम्बीहरुमाथि विना भेदभाव समान अवसर प्राप्त गर्ने अधिकार स्थापनाका लागि प्रतिवद्ध छौ । राजनीतिक तथा आर्थिक रुपले सम्पन्न भूटान बनाउने कार्यमा पार्टी संलग्न छ । यसकार्यले राजनीतिक र जातीय भिन्नतालाई निरुत्साहित पार्दै देशको राजनीतिक एकता सुदृढ बनाउनका अतिरिक्त आपसी संघर्षलाई निरुत्साहित पार्दै अधिकभन्दा अधिक मानिसहरु बीच मेलमिलापको भावना जागृत गराउने हाम्रो विश्वास छ ।जनताले, जनताद्वारा, जनताका लागि साँचो तथा जिवन्त लोकतन्त्र स्थापना गर्ने कार्यमा सहयोग र समर्थनका लागि भूटान पिपल्स पार्टी सबैसँग अपेक्षा राख्दछ। केवल साँचो, जिवन्त, समावेशी लोकतन्त्र स्थापना हुँदा मात्र भूटानी जनताको लक्ष्य प्रतिस्थापन हुनसक्ने भएकाले म, शान्ति, स्थिरता, न्याय तथा जिवन्त लोकतन्त्र प्राप्तिका लागि पार्टीका सदस्य, समर्थक र देशभक्त नागरिकहरुसँग उद्देश्य प्राप्तिका लागि उत्साह तथा समर्पणका लागि सधन्यवादआह्वान गर्दछु ।
                                                                                       टासिदेले
                                                                                                                              बलराम पौड्याल
                                                                                                                                      अध्यक्ष

भूटान १९९१ अघि

भूटान १९९१ पछि

Website Visits

© 2016 bpparty.org
Designed & Developed by Mero Server International.