༄། །བྷུ་ཀྲན་པི་པཱལྶ་པ་ཀྲི།།
भूटान पिपल्स पार्टी  

सन् २००१ मा च्यानल नेपालले स्वर्गीय आर.के.बुढाथोकीसित लिएको अन्तर्वाता आज पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण छ ।

       हाम्रो प्रतिबद्धता:

एक साँचो, कार्यात्मक, जीवन्त, समावेशी लोकतन्त्रको स्थापनाका लागि संसदीय व्यवस्था अन्तर्गतको लोकतन्त्र, सम्वैधानिक राजतन्त्र, कानूनी राज्य, मानवअधिकार र शान्तिपूर्ण प्रयासबाट सामाजिक न्यायको स्थापना गराउने,

एक स्वतन्त्र न्यायपालिकाको स्थापना, स्वतन्त्र निर्वाचन आयोग र अन्तर्राष्ट्रीय मान्यताको आधारमा नागरिकता अधिनियमको संशोधन गराउने,

भूटानी जनताको बहुप्रतिक्षित आशा र भरोसालाई संस्थागत गराउने लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित एक नयाँ संविधान मस्यौदा तयार गराउने,

राष्ट्रिय संप्रभुताको संरक्षण, राजसंस्थाको सम्मान, राष्ट्र र जनताको एकता एवं संमृद्धिका लागि प्रोत्साहित गराउने,

भाषा, संस्कृति र अल्प संख्यकहरूको अधिकार संरक्षणका लागि संयुक्त राष्ट्र संघद्वारा प्रतिपादित मानवअधिकारको अधिवेशनमा करार गरिएका विशेष अधिकारहरू प्रत्याभूत र लागू गराउन सक्ने एक प्रभावशाली राष्ट्रिय मानवअधिकार आयोगको स्थापना गराउने,

मानव गरिमाको संरक्षणका लागि राष्ट्र र जनता बीचको एकताका लागि चुनौतिको रूपमा रहेको निरंकुश र सैन्य साशन विरुद्धमा एकजुटता कायम गराउने,

अन्याय, वालश्रम शोषण, मानवीय शोषणको अन्त्यका लागि पारंपरिक र आणविक दुवै प्रकारका हतियारको होडवाजीलाई परास्त गर्दै शान्तिक्षेत्रको अवधारणा कायम गराउन आवाज बुलन्द गराउने,

छिमेकी राज्यहरूको चाहना र सुविधाको सम्मान गर्दै विश्व समुदायसँग दीर्घकालिन राजनीतिक सम्बन्ध स्थापनाकार्यमा अग्रसर हुने,

अन्तर्राष्ट्रीय समाजवादी संस्थाका सदस्य दलहरूसँग घनिष्ठ सम्बन्ध स्थापित गर्दै उक्त संस्थामा आवद्ध हुनका लागि सदस्यता प्राप्त गर्ने !


Website Visits

© 2016 bpparty.org
Designed & Developed by Mero Server International.